काठमाडौं : अखिल नेपाल खेलकुद महासंघअन्तर्गत अखिल नेपाल साइक्लिङ संघको अध्यक्षमा रवीन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको चुनावी साधारणसभाबाट रवीन्द्र अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी संघको उपाध्यक्षमा शैलेन्द्र डंगोल, सचिवमा रञ्जन राजभण्डारी र कोषाध्यक्षमा दीपिक केसी निर्वाचित भएका छन् । यस्तै सदस्यमा इन्द्रकला नेम्बाङ, निमा घर्तीमगर, रुरल यम, शंकर भुजेल, फत्तेबहादुर लामा, सिर्जना लम्साल अधिकारी, विवेकरत्न शाक्य, सविन रिमाल र विसायु केसी निर्वाचित भएका छन् ।
Previous Article

नेपालमाला
