ताप्लेजुङ : क्रिकेटर सन्दीप लामिछानेका पक्षमा सोमबार ताप्लेजुङका युवाहरूले मौन र्याली निकालेका छन् । फुङलिङ बजारको वीरेद्रचोकदेखि तोक्मेडाँडासम्म एक सय ५० जना युवाको उपस्थितिमा र्याली निकालिएको अभियानका अगुवा गोपाल गुरागाईंले जानकारी दिए ।
सन्दीपविरुद्ध लागेको बलात्कार मुद्दाको यथाशीघ्र किनारा लगाएर न्याय दिनुपर्ने मागसहित युवाहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेको उनले बताए ।
र्यालीमा सहभागीले ‘सन्दीप हाम्रो सान हो, क्रिकेट हाम्रो मान हो’, सन्दीपलाई झुटो मुद्दामा फसाउन पाइँदैन, सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्ला गर’जस्ता प्लेकार्ड र ब्यानर बोकेर ¥यालीमा सहभागी भएका थिए ।
बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ। त्यसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन दिएका छन् । उनको मुद्दाको पेसी पछिल्लो पटक मंगलबारका लागि तोकिएको छ । पछिल्लो समय सन्दीपको मुद्दा छिटोभन्दा छिटो किनारा लगाउनुपर्ने माग गर्दै विभिन्न स्थानमा स्वतःफुर्त प्रदर्शन तथा ¥याली आयोजना भइरहेको छ ।

नेपालमाला
