काठमाडौं : गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको बताए । पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरी होहल्ला गरेकाले गायक राईसहित अन्य केही कलाकारलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो। गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।
मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताएका थिए ।

नेपालमाला
