काठमाडौं : ई–स्पोर्ट्स संघ नेपाल (इसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी, उपाध्यक्षमा कल्दीप राई र पुरन खड्का चयन हुँदा पवन कार्कीले महासचिव तथा आशिष दाहाल र बालकुमार केसीले सचिवको जिम्मेवारी पाएका छन् ।
घनश्याम ढुंगेल, सजीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए ।
राखेप उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारणसभाको राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । एक उपाध्यक्ष, एक सचिव र ३ सदस्यको मनोनयनपछि कार्यसमितिले पूर्णता पाउने छ ।
Previous Article
मौसम बदली र वर्षाको सम्भावना शनिबारसम्मै
Next Article

नेपालमाला
