काठमाडौं : नेपाल एड्भेन्चर रनिङ महासंघको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । महासंघको सोमबार भएको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्यसमेत रहेका कुँवरको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजन खत्री, उपाध्यक्षमा मीरा राई, जगन्नाथ तिमल्सिना, मनबहादुर खत्री र होमलाल खपाङ्गी मगर निर्विरोध रुपमा निर्वाचित भए । यस्तै महासचिवमा सुवास थापा, सचिवमा विनायक मल्ल, टकलबहादुर कुँवर र रवीन्द्र थापा, कोषाध्यक्षमा रिकेश योञ्जन तथा सहकोषाध्यक्षमा संगीता रोक्का चयन भए ।
यसैगरी सदस्यमा सहदेव ब्यञ्जनकार, राजमान महर्जन, सुजितकुमार श्रीवास्तव, चन्द्रबहादुर थापा, प्रविणकुमार थापा, प्रिति खत्री, सूर्य बुढाथोकी, जगत धामी, सुदिन महर्जन र बाबुराजा महर्जन चयन भए । निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्का निर्वाचन समितिका चन्द्रकुमार राई, नारायणराज अर्याललगायतले सपथ गराएका थिए । नवनिर्वाचित अध्यक्ष कुँवरले महासंघलाई क्रियाशील बनाउन विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्ने बताए ।
साधारणसभाको यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । उनले लामो समयसम्म निस्क्रिय रहेको महासंघलाई वार्षिक योजना बनाएर काम गर्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल, बोर्ड सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी, नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्वर तिम्सिना, सदस्य रमेश सिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।
Previous Article
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
Next Article

नेपालमाला
