काठमाडौं : रिभेरा इन्टरनेसनल एकेडेमीको आयोजनामा दोस्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप आगामी पुस ७ गते शनिबार हुने भएको छ । च्याम्पियनसिपमा सम्भावी स्कुल, नेपाल एभरेष्ट स्कुल, जुगलनवा गरुकुल, विज्ञान इङलिस स्कुल, दुर्गाभवनी एकेडेमी, डेफोडिल बोर्डिङ, बोधीसदन स्कुल, हिमशिखर स्कुल, टेक्सास स्कुल, कन्स्टिलेसन स्कुल, युनिभर्सल स्कुल, अरुनिमा एजुकेसन, गणेश हिमाल स्कुल र आयोजक रिभेरा एकेडेमीसहित १४ को सहभागिता रहने जनाइएको ।
जम्मा एक सय ८० खेलाडीले गेरोगी र पुम्सेमा गरी २८ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक स्कुलका प्रिन्सिपल प्रज्ज्वल कोइरालाले जानकारी दिए । ग्योेरोगीको पुरुष÷महिलामा समान १०–१० तथा पुम्सेको पुरुष÷महिलामा समान ४–४ स्पर्धामा खेल हुने रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जानकारी दिए । एकदिने प्रतियोगिताका खेलहरु चावहिलको मैजुबहालस्थित आयोजककै हातामा हुनेछ ।
विद्यालयमा अध्ययनरत साना बालबालिकालाई खेलकुदमा लाग्न प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

नेपालमाला
