काठमाडौं : चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
ग्योरोगीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन् । यस्तै, पुम्सेमा समान एक पुरुष र महिला गरेर दुई खेलाडी छनोट भएका छन् । पुरुष ५८ केजी तौल समूहमा राहुल कुमाल, ६३ केजीमा कृष्ण आले, ६८ केजीमा वीर महरा, ८० केजीमा अभिषेक बराल र ८७ केजीमा ज्याकी यादव छनोट भए ।
महिलातर्फ ४९ केजीमा अञ्जली तामाङ, ५३ केजीमा आयशा लामा, ५७केजीमा सन्ध्याकुमारी सिंह र ६७ केजीमा इन्दिरा बस्नेत छन् । यस्तै, पुम्सेमा प्रेम लिम्बू र स्वस्तिका तामाङ छनोट भएका छन् ।
छनोट भएका सबै खेलाडी विभागीय टोलीमा आवद्ध छन् । छनोट भएका ११ मध्ये सात खेलाडी नेपाल पुलिस क्लब र चार खेलाडी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।

नेपालमाला
