काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन । वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


नेपालमाला
