काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।
यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।
कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।

नेपालमाला
