धनकुटा : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) धनकुटाको दोस्रो जिल्ला अधिवशेनले विजयशेखर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सुवास मगर, सचिवमा प्रकाश निरौला, कोषाध्यक्षमा उमा दाहाल, सहसचिवमा शिशिर श्रेष्ठ तथा सदस्यमा दीपक घिमिरे, अविनाश श्रेष्ठलाई चयन गरेको हो ।
केन्द्रीय प्रतिनिधिमा मोहनप्रसाद घिमिरे चुनिएको निर्वाचन समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता बराइली, अकोराबका प्रदेश १ अध्यक्ष विदुर खवास, फोनिजका प्रदेश १ अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेललगायतको उपस्थिति थियो ।

नेपालमाला
