ताप्लेजुङ : युवामाझ लोकप्रिय नेता खगेनसिं हाङ्गामको उम्मेदवारीले ताप्लेजुङका मतदाता उत्साहित भएका छन् । जुझारु, कर्मठ तथा बालबालिकादेखि वृद्धसम्म नै घुलमिल भएका हाङ्गाम प्रदेश (ख) का मतदाताको ढुकढुकी बनिरहेका छन् । आशा र भरोसाको केन्द्र बनिरहेका छन् । युवाहरू स्वतस्र्फूत खगेनसिंको प्रचारमा लागिरहेका छन् । ‘गाउँको सुख दुःखमा साथ दिने नेता भने पनि हाम्रो अभिभावक भने पनि खगेनसिं नै हो,’ स्थानीय रनमाया लिम्बू भन्छिन्, ‘यसपटक खगेनसिंलाई जिताउँछौं । युवाले नजितेसम्म देश विकास हुँदैन ।’ गाउँ–गाउँमा घरदैलो, मतदाता भेटघाट र कुराकानीले आफ्नो हौसला बढेको हाङ्गाम बताउँछन् ।

ताप्लेजुङको साविको निर्वाचन क्षेत्र नं २ अर्थात् अहिलेको प्रदेशसभा (ख) तीन दशकदेखि एमालेले जित्दै आएको क्षेत्र हो । लामो समयसम्म एउटै पार्टीले जिते पनि क्षेत्रको विकास उल्लेख्य रुपमा हुन नसकेको गुनासो स्थानीयको छ । एमालेकै कार्यकर्ता पनि खगेनसिंको प्रचारमा लागेको पाइएको छ । ‘पार्टी त हाम्रो एमाले नै हो । तर, यसपटक परीक्षणका लागि भए पनि खगेनसिंलाई जिताउने विचार गरेका छौं,’ मिक्वाखोलाका एक स्थानीय भन्छन्, ‘हिजो पनि मुद्दा मामिला हरेक काम परेको बेला सहयोग गरेको मान्छे हो । हाओ यस्तो प¥यो भन्यो भने नाइ भन्दैन ।’
यो निर्वाचन क्षेत्र कञ्चनजंघा हिमालको फेद, चीनसँगको नाका ओलाङचुङगोला, पापुङदेखि निघुरादिनसम्म फैलिएको छ । यी सबै क्षेत्र जोड्ने सहज सडक सञ्जाल, हरेक गाउँमा सुविधायुक्त स्वास्थ्य चौकि स्थापना गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा, सामुदायीक विद्यालयको सुधार, जलविद्युत् आयोजना अलैंचीको बजारीकरण, आन्तरिक खपत बढाउने नीति निर्माण गर्ने, लेलेप, घुन्सा याङ्मा, किलिङ, सिम्बुकमा फोर जीसमेत चल्ने टेलिफोन टावर स्थापनालगायतका मुद्दा हाङ्गामको छ । उनले युवाहरुको माग, चाहाना र आवश्यकताअनुसार नीति निर्माण गर्न प्रदेशसभामा भूकिमा खेलेर गाउँमै जिल्लामै रोजगारीका पर्याप्त अवसर सृजना गर्न लागिपर्ने बताएका छन् । ‘युवा नेता खगेनसिंको योजनाहरु प्नि राम्रो छ । उसको जिल्लालाई विकास गर्ने स्पष्ट भिजन छ,’ चाँगेका विक्रम विकले भने, ‘आश्वासन सुन्दा सुन्दा वाक्क भइसक्यौं । यसपटक हाम्रो भन्दा पनि राम्रो मान्छे (खगेनसिं) लाई भोट दिने हो ।’ हाङ्गाम कांग्रेसको क्षेत्रीय सभापति र तरुण दलका जिल्ला अध्यक्ष हुन् । प्रदेश देखि केन्द्रसम्म राम्रो पहुँच भएका कारण भोली उनी मन्त्रीसमेत बन्ने सम्भावना छ । आफ्नो जित सुनिश्चित रहेको हाङ्गामले बताए ।

नेपालमाला
