पर्थ : पाकिस्तानले टीट्वेन्टी विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार साँझ भएको खेलमा पाकिस्तान जिम्बावेसँग स्तब्ध बनेको हो । अस्ट्रेलियाको पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले स्तब्ध बनाएको हो ।
एक सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा एक सय २९ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका सान मक्सुदले सर्वाधिक ४४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद नवाजले २२, सदाब खानले १७, मोहमद रिजवानले १४ र मोहमद वासिम जुनियरले १२ रन बनाए । जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए । यस्तै ब्राड इभान्सले दुई तथा ब्लेसिङ मुजाराबानी र लुक जङ्वेले एक÷एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा एक सय ३० रनको मध्यम योगफल खडा गरेको थियो । जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान क्रिक इरभिन र ब्राड इभान्सले समान १९ रन बनाए । विस्ले मधेभिराले १७ र रायन ब्रुरले १० रनको योगदान दिए । पाकिस्तानका मोहमद वासिम युनियरले चार विकेट लिए । यस्तै सदाब खानले तीन तथा हरिस रौफले एक विकेट हात पारे । पाकिस्तान यसअघि चिरप्रतिद्वन्द्वी भारतसँग चार विकेट पराजित भएको थियो ।
जारी टीट्वेन्टी विश्वकपमा यो पाँचौं स्तब्धपूर्ण नतिजा हो । यही विश्वकपमा नामिबियाले श्रीलंका, स्कटल्यान्डले वेस्ट इन्डिज, आयरल्यान्डले वेस्ट इन्डिज र इङ्ल्यान्डलाई पराजित गरिसकेको छ ।
Previous Article

नेपालमाला
