काठमाडौं : आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यो वर्ष पनि बिहीबार बिहानैदेखि भाइटीका लगाउन सुरू गरिएको छ । यो मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुला गरिन्छ ।काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको छ ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन बालगोपालेश्वर मन्दिर खुला गरिन्छ । भूकम्प र कोरोना महामारीका कारण बन्द भएको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि गत वर्षदेखि खुलाउन थालिएको हो ।