काठमाडौं : नेपालले पाहुना टोली जिम्बावे ‘ए’विरुद्धको दोस्रो एकदिवसीय खेलमा सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बावेलाई नौ विकेटले पराजित गरेको हो ।
जिम्बावेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट भेट्टाएको थियो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । उनले ३८ बलमा ६ चौका हिर्काए । यसैगरी आसिफ शेखले अविजित ३४ र विनोद भण्डारीले चार रन बनाए । जिम्बावेका ब्रान्डन माभुताले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.१ ओभरमा ८७ रनमा समेटिएको थियो । जिम्बावेका जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । यस्तै ब्राड इभान्स २० र सेफास झुवावोले १० रन बनाए । जिम्बावेलाई कम योगफलमा रोक्न नेपालका सोमपाल कामी र करण केसीले तीन÷तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट हात पारे ।
जितसँगै नेपालले पहिलो खेलमा बेहोरेको हारको बदला पनि लिएको छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई तीन विकेटले पराजित गरेको थियो । नेपालले तीन खेलको एकदिवसीय शृंखलामा १–१ को बराबरीसमेत गरेको छ । तेस्रो तथा निर्णायक एकदिवसीय खेल सोमबार हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीका लागि नेपालले जिम्बावेसँग टीट्वेन्टी र एकदिवसीय खेल खेलेको हो । यसअघि भएको तीन खेलको टीट्वेन्टी शृंखला १–१ को बराबरीमा सकिएको थियो ।
Previous Article

नेपालमाला
