क्यानडा : क्यानडामा बसोबास गर्ने ६ जुझारु नेपाली युवा उद्यमीहरुद्वारा स्थापित ‘होमलाइफ २४७’ ब्रोकरेज कम्पनीले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको सन्दर्भ पारेर कम्पनीसँग आबद्ध २६ रियल्टरहरुलाई सम्मानित गर्ने भएको छ ।
कम्पनीको पहिलो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शुक्रबार साँझ मिसिसागास्थित ग्रान्ड भिक्टोरियन कन्भेन्सन सेन्टर होटल ¥याडिसनमा हुँदैछ । उक्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी कम्पनीका तर्फबाट हेमराज पाण्डेयले दिए ।
‘ब्रोकर अफ रेकर्ड’ सुनन्द सुवेदीको अगुवाइमा ब्रोकर पुण्य शाही, सेल्स रिप्रिजेन्टेटिभ अमृता शाह, हेम पाण्डे, कर्ण बटाला र केबी भण्डारीलगायतले २०२१ को जनवरीमा स्थापना गरेको उक्त रियल्टी कम्पनीले स्थापनाको छोटो अबधिमै सेवाग्राहीको मन जित्न सफल भएको छ । कम्पनीको क्षेत्र र दायरामा पनि उल्लेखनीय बढोत्तरी गरेको छ ।
सुवेदीका अनुसार नर्थ अमेरिकाको रियल स्टेटको क्षेत्रमा निकै प्रतिष्ठित कम्पनी होमलाईफसँग आबद्ध आफ्नो कम्पनी ‘होमलाईफ २४७ रियल्टी’लाई मूल फ्रेन्चाइज कम्पनी ‘होमलाईफ’ले छोटै समयमा देखाएको कार्यदक्षता र उच्च कार्यसम्पादनको आधारमा वर्ष २०२१ का लागि ‘मोस्ट प्रडक्टिभ अफिस इन क्यानडा’ (ग्रस सेल्स कमिसन १–१५ सेल्स रिप्रेजेन्टेटिभको आधारमा) र ‘मोस्ट प्रडक्टिभ अफिस इन क्यानडा’ (१–१५ सेल्स रिप्रेजेन्टेटिभ डिल्स÷इन्ड्सको आधारमा) जस्तो दुई वटा महत्वपूर्ण अवार्डले सम्मानित गरेको जानकारी दिए ।
त्यसैले स्थापनाको पहिलो वर्षमा कम्पनीलाई सफलतातिर दोहो¥याउन अहम् भूमिका खेल्ने दुई दर्जन बढी रियल्टहरुलाई अवार्ड वितरण गर्न लागेको कम्पनीका संस्थापकमध्येका एक पुण्य शाहीले जानकारी दिए ।
उनका अनुसार २०२१ सालभरी उत्कृष्ट कार्य गर्ने रियलस्टेट एजेन्टहरुलाई सो समारोहमा पुरस्कृत र सम्मानित गरिने छ भने तीमध्येका सर्वोकृष्टलाई ‘सुपर इलाइट क्लब’ को उपाधि प्रदान गरिनेछ ।
कार्यक्रममा साँगीतिक समारोहको पनि आयोजना हुने र उक्त मनोरञ्जनात्मक कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरको विशेष प्रस्तुति रहेछ भने स्थानीय कलाकारहरुले पनि विभिन्न सांगीतिक कोसेली पस्कने छन् । कार्यक्रममा त्यस क्षेत्रका स्थानीय, पाहुना र कम्पनीमा आवद्ध रियल स्टेट एजेन्टहरु गरी करिव तीन सय जनाको सहभागिता रहने कम्पनीका अर्का प्रमोटर अमृता शाहले जानकारी दिइन् ।
कम्पनीमा हाल विभिन्न समुदायका २६ जना रियल स्टेट एजेन्टहरु कार्यरत छन् । मुख्य कार्यालय मिसिसागा छ भने स्कारब्रो, टोरन्टो, किचनर, गल्फ, लन्डन र विन्डसोरलगायतका सहरहरुमा बसोबास गर्ने नेपाली र गैर नेपालीहरुलाई घर खरिद, बिक्री तथा लगानीको क्षेत्रमा सेवा पनि प्रदान गर्दै आएको छ ।
Previous Article

मदन बस्नेत
