लन्डन : अस्ट्रेलियाका चर्चित क्रिकेटर सेन वार्नको निधन भएको छ। बीबीसीका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।
वार्नको व्यवस्थापकका अनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो। आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका ५२ वर्षीय वानलाई तत्काल चिकित्सकीय सहयोग दिए पनि उनलाई बचाउन नसकिएको उनको व्यवस्थापकले जानकारी दिएका छन्।
विश्वकै सर्वाधिक सफल लेग स्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ एकदिवसीय खेल खेलेका थिए। उनले टेस्ट क्रिकेटमा ७ सय ८ विकेट र एकदिवसीयमा २ सय ९३ विकेट लिएका थिए ।
उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए । वार्नले अस्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए ।

नेपालमाला
