मुम्बई : भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आज बिहान उनको ९२ वषको उमेरमा निधन भएको हो ।
लता मंगेशकरलाई करिब एक महिना अघि कोरोना संक्रमण भएको थियो । उनलाई सुरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि बढ्दो उमेरका कारण अस्पताल भर्ना गरिएको थियो । कोरोनाको कुनै लक्षण नदेखिए पनि निमोनियासमेत भएकाले चिकित्सकहरुले आईसीयूमा राखेर उपचार थालेका थिए । उपचारकै क्रममा दुई दिन भेन्टिलेटर हटाइएको थियो । भेन्टिलेटर हटाएपछि उनको स्वास्थ्य पुनः बिग्रिएको थियो ।
सांगीतिक क्षेत्रमा लता मंगेशकरको योगदान अतुलनीय छ । करिब ७८ वर्षको संगीत करियरमा उनले २५ हजारभन्दा बढी गीत गाएकी छन् । उनले विभिन्न पुरस्कार तथा सम्मान पाएकी थिइन् । लता मंगेशकरलाई तीन पटक नेसनल अवार्ड प्रदान गरिएको थियो । उनी ‘भारत रत्न’बाट पनि सम्मानित भएकी थिइन् ।
लता मंगेशकरले पाँच वर्षको उमेरमै काम गर्न सुरु गरेकी थिइन् । घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनले विवाह गर्ने फुर्सद नै पाइनन् । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।
Previous Article

नेपालमाला
