काठमाडौं : नेपाल तेक्वान्दो संघले आफ्नो काम कारवाहीलाई चुस्त र दुरुस्त बनाउन संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी सुम्पिएको छ । संघको हालै सम्पन्न बैठकले विभिन्न समितिहरुमा अध्यक्ष, उपाध्यक्ष र सल्लाहकार रहने व्यवस्था गरेको छ । यसैगरी उपसमितिमा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।
सोही अनुरुप पुम्से निर्णायक उपसमितिको संयोजकको जिम्मेवारी संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटीलाई दिएको छ । उपसमितिमा सुमन घले सदस्य छन् । बाँकी तीन सदस्यको भने छनोट हुन बाँकी छ ।
यसैगरी जुनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजक भने कुमार लामा घिसिङलाई तोकिएको छ । यो उपसमितिमा टिकादत्त दाहाल र विकेश बिडारी सदस्य छन् । कुमार लामा घिसिङ संघका निर्वाचित सदस्य हुन् ।

विगत लामो समयदेखि तेक्वान्दोको विकास र विस्तारमा क्रियाशिल कुमार लामा घिसिङ तालिम तथा प्रशिक्षण व्यवस्थापन समितिका सदस्य पनि छन् । यो समितिको अध्यक्षमा हरिश्वर पोखरेल छन् । यसैगरी सदस्यहरुमा कासिममियाँ धोबी, सुनील राजकर्णिकार, राम गिरी, रामचन्द्र श्रेष्ठ र राजन उप्रेती छन् । यसैगरी ग्योरोगीको निर्णायक समितिको संयोजकको जिम्मेवारी कोशिश खड्कालाई दिइएको छ । समितिको सदस्यमा अर्जुनभक्त राई, अशोक खड्का र विश्वराज राई छन् ।
बब्लु सिवाकोटी र कुमार लामा घिसिङ तेक्वान्दोका पाँचौं डान हुन् । उनीहरु दुवै खेलाडी, प्रशिक्षक, निर्णायक हुँदै संघको केन्द्रीय समितिमा पुगेका हुन् । दुवै जना विगत लामो समयदेखि खेलाडी उत्पादनमा पनि सक्रिय छन् । यी दुई युवाको पहल र सक्रियतामा काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको चार संस्करणसम्म भब्य र सब्य रुपमा सम्पन्न भइसकेको छ । यी दुई युवाको पहल र सक्रियतामा काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको चार संस्करणसम्म भब्य र सब्य रुपमा सम्पन्न भइसकेको छ ।
यसैगरी संघले सिनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजकमा केन्द्रीय सदस्य राम गिरीलाई संयोजक तोकेको छ । राष्ट्रिय पुम्से टिम तयारीको संयोजकको जिम्मेवारी भने सुनील राजकर्णिकारलाई तोकिएको छ । यो उपसमितिको सदस्यहरु भने चयन हुन बाँकी छ । राष्ट्रिय पारा टिम तयारी उपसमितिको संयोजकको जिम्मेवारी कासिममियाँ धोबीलाई दिइएको छ । उपसमितिमा रामचन्द्र श्रेष्ठ र राजन उप्रेती सदस्य छन् ।
यसैगरी संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा द्वारिका खयरगोली, सन्तोष बुढाथोकी र मनिष जोशी सदस्य छन् । अरु दुई सदस्यको भने चयन हुन बाँकी छ । ग्योरोगी प्रतियोगिता व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी भने द्वारिका खयरगोलीले पाएका छन् । उपसमितिमा सागर अमात्य र सञ्जीव फुयाँल सदस्य छन् । यस्तै सन्तोष बुढाथोकीको संयोजकत्वमा पुम्से प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ । उपसमितिमा बलराम कार्की र केशव थापा सदस्य छन् ।
यस्तै राष्ट्रिय डेमोस्ट्रेसन उपसमितिको संयोजक भने छनोट हुन बाँकी छ । उपसमितिमा मदन गिरी र श्याम थापा सदस्य छन् । यसैगरी खेलाडी छनोट उपसमितिको संयोजकको जिम्मेवारी मनिष जोशीले पाएका छन् । यस उपसमितिको सदस्यहरु भने चयन हुन बाँकी छ ।
यसैगरी भौतिक पूर्वाधार विकास व्यवस्थापन समितिको संयोजक संघका उपाध्यक्ष सञ्जीव रेग्मी छन् । समितिमा रवि थापा र दीपेन्द्रबहादुर चन्द सदस्य छन् । प्राविधिक प्रशिक्षण व्यवस्था समितिको संयोजकको जिम्मेवारी भने उपाध्यक्ष नन्दकुमार राईलाई सुम्पिएको छ । समितिमा सुमन पराजुली सदस्य छन् ।
यसैगरी संगठन विकास तथा महिला सशक्तिकरण समितिको अध्यक्ष भने दिलबहादुर वली छन् । समितिमा प्रदेश १ बाट विजय न्यौपाने, प्रदेश २ बाट गुरुप्रसाद गौतम, बागमती प्रदेशबाट मणिराज विष्ट, गण्डकी प्रदेशबाट मदन केसी, सुदूरपश्चिम प्रदेशबाट साम्राज्यविक्रम पाण्डेलाई सदस्य चयन गरिएको छ । यसैगरी महिला सशक्तिकरणकी संयोजक नन्दा बस्याल पनि यो समितिको सदस्य छिन् ।

नेपालमाला
