काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् । पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले बताए ।
१४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन्। उनको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन्।
उम्मेदवारी दर्ताका लागि बाजागजासहित भृकुटीमण्डप पुगेको कांग्रेस नेतृ एवं काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन्।

नेपालमाला
