काठमाडौं : नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा निर्णायक सञ्जीव नेपालीलाई शुक्रबार सम्मान गरेको छ ।
प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सञ्जीवलाई सम्मान गरिएको हो । आयोजकका अध्यक्ष पेमासिद्धि लामा र महासचिव रामकुमार लामाले सञ्जीवलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका हुन् ।
तेक्वान्दोका चौथो डान सञ्जीवले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्र्दै आइरहेका छन् । उनले क्यानडा, अमेरिका, हङकङ, जापान, मकाउलगायतका राष्ट्रमा आयोजना भएका विभिन्न प्रतियोगितामा सहभागी भएर विभिन्न पदक पनि जितेका थिए । सञ्जीवले आफू प्रतियोगितामा सहभागी हुनुका साथै खेलाडी उत्पादनमा पनि सक्रिय हुँदै आएका छन् । यस्तै विभिन्न प्रतियोगिताहरुमा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएका छन् ।
सोही अवसरमा तेक्वान्दोकी ओलम्पियन प्रमिला थापालाई पनि सम्मान गरिएको थियो ।

नेपालमाला
