काठमाडौं : एटेमी क्योकुसिन कराते संघले रेफ्री सेमिनार गरेको छ । सोमबार संघले एकदिने रेफ्री सेमिनार आयोजना गरेको हो ।
काठमाडौंको बालाजुमा आयोजना गरिएको सेमिनारमा १६ जना रेफ्रीको सहभागिता रहेको थियो । आफ्नै रेफ्री उत्पादनका लागि पहिलो पटक सेमिनार आयोजना गरेको एटेमी क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए ।
रेफ्रीहरुलाई नेपाल फुल कन्ट्याक्ट कराते महासंघका सचिव विकास श्रेष्ठ, महासंघकै रेफ्री मीन गुरुङ, एटेमी क्योकुसिन कराते संघका ब्रान्ड चिफ प्रदीप थापा, उपाध्यक्ष सागर गुरुङलगायतले विभिन्न विषयमा जानकारी गराएका थिए ।

प्रथम रेफ्री सेमिनारको पूर्व युवा तथा खेलकुदमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले उद्घाटन गरेका थिए । यसैगरी समापन समारोहमा सहभागी रेफ्रीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, परिषद्कै कानुन अधिकृत नारायणराज अर्याल, संघका अध्यक्ष प्रदीप थापालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

नेपालमाला
