काठमाडौं : भाडा बढाउनु पर्ने माग गर्दै सार्वजनिक सवारी साधनका चालक आन्दोलनमा उत्रिएका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै सवारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौंको चावहिलमा आ–आफ्नो बसमा चढेका यात्रुलाई ओरालेर चालकहरुले सडकमा बस तेर्साएर बसेका छन् ।
अचानक उनीहरुले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् । कार्यालय समयमा गरिएको आन्दोलनका कारण कामकाजी यात्रु आन्दोलनको प्रत्यक्ष मारमा परेका छन् । यातायात व्यवसायी महासंघमा महासचिव सरोज सिटौलाले भने यसबारे संघलाई जानकारी नभएको बताए ।

नेपालमाला
