काठमाडौं : काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । विहान ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् ।
काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि रहेको उनको भनाइ छ ।
सातवटै प्रदेशमा आज मौसममा बदली रहने र सामान्य तथा मध्यम वर्षाको सम्भावना रहेको छ । “सबै प्रदेशमा आज मौसम बदली रहने छ र अधिकांश प्रदेशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् मञ्जु भन्छिन् ।
उनका अनुसार शुक्रबारबाट मौसम खुल्ने छ । बिहीबार पनि देशभर मौसममा बदली हुने छ ।

नेपालमाला
