काठमाडौं : नेपाल उसु महासंघको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको साधारणसभाले २०७६ भदौ २२ मा केशवकुमार विष्टले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गरेको छ । विष्टले राजीनामा दिएपछि उसु महासंघको अध्यक्षको जिम्मेवारी वीरबहादुर तामाङले सम्हाल्दै आएका छन् ।
यसैगरी महासचिव लाक्पाछिरिङ लामाको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । यस्तै विधान मस्यौदा समितिले बुझाएको विधानलाई पनि साधारणसभाले पारित गरेको छ ।

यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । साधारणसभामा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी प्रमुख चतुरानन्द राजबैद्य, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल उसु संघका पूर्व अध्यक्ष आङदेन्डी शेर्पाले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महासंघले पूर्व अध्यक्ष आङदेन्डी शेर्पालाई सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै सदस्यसचिव सिलवालले उसु महासंघको केन्द्रीय कार्यालय भवन निर्माणका लागि एक साताभित्र जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । साधारणसभामा केन्द्रीय पदाधिकारी, सात प्रदेश र विभिन्न जिल्लाका प्रतिनिधि सहभागी थिए ।

नेपालमाला
