काठमाडौं : नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षकमा राजु तुलाधर नियुक्त भएका छन् । फुल कन्ट्याक्ट करातेका पुराना खेलाडीसमेत रहेका तुलाधरलाई महासंघले शुक्रबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसैगरी महासंघले सुदूरपश्चिम प्रदेशको संयोजकमा पुष्पलाल रोकाया (ज्वाला) लाई नियुक्त गरेको छ । रोकायाको नेतृत्वमा उक्त प्रदेशमा फुल कन्ट्याक्ट करातेको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास महासंघले गरेको छ ।
यसैगरी महासंघमा थप तीन वटा खेल संघ दर्ता भएको छ । महासंघका अध्यक्ष दमन बस्नेतका अनुसार इन्टरनेसनल क्योकुसिनकाई (आईकेयू) नेपाल, नेपाल केनसिन कान कराते संघ र नेपाल फुल कन्ट्याक्ट इन्र्पोरेटेड क्योकुसिन कराते फेडरेसन (आईकेएफ) महासंघमा दर्ता भएको हो ।
Previous Article
१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट कोरोना खोप
Next Article

नेपालमाला
