रियो दी जेनेरियो : अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एञ्जल डी मारियाले निर्णायक गोल गरेका थिए । खेलको २२औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।
अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग पनि बराबरी गरेको छ ।
दक्षिण अमेरिकाका १० राष्ट्र सहभागी कोपाको यस संस्करण शुरुमा कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोरोना महामारीले गर्दा एक वर्ष ढिलाइ भएको प्रतियोगिता अन्तिम सममया ब्राजिलमा आयोजना गरिएको हो।

नेपालमाला
