काठमाडौं : एमाले एकता कार्यदल सदस्य सुवास नेङम्वाङले एकताको काम टुंगिएको बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले सबै प्रक्रिया टुंग्याएको उनको भनाइ छ । उनले आइतबार बिहान ८ बजे सुखद् समाचार सुनाउने दाबीसमेत गरेका छ ।
‘हामीले मेहनतका साथ तपाईंहरुको शुभकामले काम टुंग्यायौँ’, नेम्वाङले भने, ‘भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ ।’
नेम्वाङले झण्डै तीन वर्षदेखिको पार्टी विवाद समाधानमा ढिलो नभएकोसमेत दाबी गरेका छन् । उनले ठूलो विवाद समाधानका लागि केही दिनको छलफलले टुंग्याएको बताए । नेम्वाङले सहमतिको भाषासमेत मिलिसकेको उल्लेख गरेका छन् ।
‘हामीले धुमधाम काम गरेका छौँ । विवाद भएको झण्डै तीन वर्ष भयो । छलफल कति भयो ?’, उनले भने, ‘तीन वर्षको विवाद समाधानमा ढिलो भएको छैन । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न सक्नुहुन्छ ।’

नेपालमाला
