काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा सोमबारदेखि बहस सकिएको छ। प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्दै दायर भएको रिटमा बहस सकिएको हो।
संवैधानिक इजलासमा विघटनविरुद्ध परेका रिटमा रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका वकिलले बहस गरेका छन्। संवैधानिक इजलासमा संलग्न प्रधानन्यायाधीश र न्यायाधीशहरूबाट पक्ष-विपक्षका वकिललाई विभिन्न कोण, बहुआयामिक र अनेक ध्रुवबाट प्रश्नहरू सोधिएको थियो। बहस सकिएपछि मुद्दालाई असार २८ सम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन्।
जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्रीमा नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै १४६ सांसदको हस्ताक्षरसहित जेठ १० गते देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए।

नेपालमाला
