रियो दी जेनेरियो : कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ को फराकिलो अन्तरले पराजित ग¥यो ।
मंगलबार बिहान लियोनल मेसीको प्रेरणामा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले पराजित गरेको हो ।
समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेसीले दुई गोल गरे । यस्तै अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक÷एक गोल थपेका थिए । बोलिभियाका इर्बिन सावेद्राले एक गोल फर्काएका थिए ।
समूह ‘ए’मा रहेको अर्जेन्टिनाले चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंकविहीन हुँदै तालिकाको पुछारमा रह्यो । यही समूहको अर्को खेलमा उरुग्वेले पराग्वेलाई १–० गोलले पराजित ग¥यो । उरुग्वेको जितमा इडिन्सन काभानीले २१औं मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बनेको थियो ।
यससँगै कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ । अर्जेन्टिना समूह ‘ए’को विजेता र इक्वेडर समूह ‘बी’मा चौथो स्थानमा रहँदै अन्तिम आठमा पुगेका हुन् ।
क्वार्टरफाइनलका अन्य खेलमा उरुग्वेले कोलम्बिया, पेरुले पराग्वे र आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ ।
Previous Article
स्विट्जरल्यान्डको सनसनी : बाहिरियो विश्व विजेता
Next Article

नेपालमाला
