काठमाडौं : नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) कोे नियम अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो । एएफसीको नयाँ नियमसँगै नेपालले अब प्लेअफ खेल्नु नपर्ने भएको छ ।
यसअघि चौथो स्थानमा रहेको टोलीले प्लेअफ खेल्नु पर्ने प्रावधान रहे पनि एएफसीको नयाँ नियम अनुसार नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
एसियाली क्षेत्रको छनोट खेलेका आठ समूहका शीर्ष आठ र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसँगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् । त्यसबाहेक छनोट खेलमा दोस्रो हुने तीन, तेस्रो र चौथो हुने आठ÷आठ तथा पाँचौ हुनेध्ये उत्कृष्ट तीन टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्ने छन् । यसअघि चौथो हुने आठमध्ये उत्कृष्ट चार टोलीले मात्रै तेस्रो चरणको छनोट खेल्ने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।
छनोट चरणमा समूहमा पाँचौं स्थानमा रहेका टोलीले भने प्लेअफ खेल्ने भएका छन् । चाइनिज ताइपेई, इन्डोनेसिया, कम्बोडिया र गुवामले प्लेअफ खेल्ने छन् । प्लेअफबाट दुई टोलीले तेस्रो चरणमा स्थान बनाउने छन् ।
अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल आफ्नो समूहमा चौथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ ।
एसियाली छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाइनिज ताइपेईलाई दुवै लेगको खेलमा पराजित गरेको थियो । नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो । यस्तै जोर्डनसँगको दुवै खेलमा समान ३–० गोलले हार बेहोरेको थियो । अस्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ३–० नतिजा अस्ट्रेलियालाई सुम्पिएको थियो ।
Previous Article

नेपालमाला
