काठमाडौं : पछिल्लो केही सातायता कोरोना संक्रमितभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। २४ घन्टामा थप ६ हजार ९५१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८४ दशमलव २ प्रतिशत हो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९२ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ४७२ जना नयाँ कोरोनामा कोरोना संक्रमण देखिएको छ। आइतबार मात्र कोरोनाबाट ९९ जनाले ज्यान गुमाएका थिए भने ३हजार २४ जना नयाँ संक्रमित थपिएका थिए।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १७ हजार ९०३ नमूनामा ४ हजार ४७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमाला
