काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा थप ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गराएका १० हजार ४७१ नमूनाको पीसीआर परीक्षणबाट ३ हजार २४ जना र ३ हजार २६२ एन्टिजेन परीक्षणबाट ४५५ गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ हजार ६३६ जनाले कोरोना जितेका छन् भने ९९ जनाको कोरोनाबाट मृत्यु भएको छ। हाल ८९ हजार २१७ जना कोरोनाका सक्रिय संक्रमित छन् भने क्वारेन्टाइनमा ७३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल सक्रिय संक्रमितको संख्या ८९ हजार ८९ हजार २१७ छ। यस्तै काठमाडौं उपत्यकामा १ हजार १३१ जना कोरानाका बिरामी थपिएका छन्। गत एकसाताको विवरण हेर्दा हरेक दिन संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ।

नेपालमाला
