काठमाडौं : काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र २६५ जना छन् ।
यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको कुल संख्या १ लाख ८३ हजार ८७१ पुगेको छ । यस्तै भक्तपुरमा ४ हजार ७८९ संक्रिय संक्रमित रहेका छन् । यससँगै भक्तपुरमा कुल सक्रिय संक्रमितको संख्या १९ हजार ३५७ पुगेको छ ।
यस्तै ललितपुरमा ६ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै ललितपुर जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ३२ हजार २९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।
२० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमाला
