काठमाडौँ : पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार मात्रै देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ । संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन्। १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा कोरोना संक्रमण देखिएको हो।
यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको छ। मन्त्रालयका अनुसार ६७ जना क्वारेन्टाइन र ४८ हजार ७११ जना आइसोलेसनमा छन्।


नेपालमाला
