काठमाडौं : सरकारले मंगलबारदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गरी बैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण अघिल्लो शैक्षिक सत्रकै पढाइ सकिएको छैन । लामो समयदेखि पढाइ नभएका कारण अघिल्लो शैक्षिक सत्रको पढाइ जेठसम्म सञ्चालन गर्ने योजना थियो ।
विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई(मधेशको हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।
काठमाडौं उपत्यकामा यही बैशाख १६ गतेदेखि निशेषज्ञा जारी गर्ने घोषणा भइसकेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा लगाइएको छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ भने कैलालीमा ४५८ र चितवनमा ४८८ छन् ।

नेपालमाला
