काठमाडौं : नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ ।कोरोनाबाट निको हुनेको दर ९८।६ प्रतिशत छ ।

नेपालमाला
