काठमाडौं : नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ अन्तिम १६ को खेलमै पराजित भएका छन् । चितवनमा जारी प्रधानमन्त्री कप खुला ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा रत्नजित आफ्नै क्लब त्रिभुवन आर्मी क्लबका हिमाल चन्दसँग पराजित भएका हुन् ।
हिमालसँगको प्रतिस्पर्धात्मक खेलमा रत्नजितले २१–१६, १३–२१, १२–२१ ले पराजय बेहोरे । पुरुष युगलको खेललाई ध्यान दिएका कारण एकल स्पर्धामा पराजय बेहोर्नु परेको रत्नजितले बताए ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा चन्द क्वार्टरफाइनलबाट भने अगाडि बढ्न सकेनन् । क्वार्टरफाइनलमा उनी एपीएफका प्रिन्स दाहालसँग २१–४, २१–९ ले पराजित भए । प्रिन्सले सेमिफाइनलमा भोजपुरका विकास श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छन् । विकासले आर्मीका प्रफुल महर्जनलाई २१–१८, २१–१९ ले पाखा लगाएका थिए ।
पुरुष एकलमा एपीएफका दीपेश धामी र आर्मीका नवीन श्रेष्ठले पनि स्थान बनाएका छन् । दीपेशले आर्मीका रुकेश महर्जन र नवीनले धादिङका सुदीप सेढाईंलाई पाखा लगाएका थिए । महिला एकलमा एपीएफकी जेसिका गुरुङ, आर्मीकी अनुमाया राई, रसिला महर्जन र अमिता गिरीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
Previous Article

नेपालमाला
