काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हरायो ।
पुलिसलाई एकपक्षीय जित दिलाउन सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले एक÷एक गोल गरे । सिर्जनाले सातौं मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि दोस्रो हाफको ५४औं मिनेटमा निर्मला र ८५औं मिनेटमा रेखाले गोल गरेका थिए । पुलिसकी घिमकुमारी गुरुङ प्लेयर अफ दी म्याच चुनिइन् । उनले पाँच हजार नगद पुरस्कार पाइन् ।
जितसँगै पुलिसले १४ अंक बनाएको छ । नौ खेल खेलिसकेको पुलिस तालिकाको चौथो स्थानमा छ । चन्द्रपुरले समान खेलबाट ६ अंक बनाएको छ ।
फागुन ७ सम्म चल्ने लिगमा तीन विभागीय टोली र चार नगरपालिका गरी सात टोलीको सहभागिता छ । लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
Previous Article
पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण
Next Article

नेपालमाला
