काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं महानगरपालिकाको सहकार्यमा मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि मंगलबार काठमाडौं महानगरपालिका र क्यानबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरे । सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गरिसक्नु पर्नेछ । प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने छ ।
क्रिकेट खेलको विकासका लागि महानगरले सहयोग गरेको बताइएको छ । प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । सम्झौता कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।
Previous Article
‘खेलकुदलाई बजेटको समस्या हुँदैन’
Next Article

नेपालमाला
