काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३२२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । जसमध्ये २ लाख ६१ हजार ८१८ जनाले कोरोना जितेका छन् । सोमबार थप ३७४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज काठमाडौं उपत्यकामा मात्र १६३ कोरोना संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको मन्त्रालयले उल्लेख गरेको छ। हाल सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

नेपालमाला
