काठमाडौं : कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएको छ। न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।
अब कक्षा ११ र १२ मा ६ विषय पढाइ हुने भएका छन्। हालसम्म ५ वटा विषय मात्रै पढाइ हुँदै आएको थियो।
नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायत सातजनाले पाठ्यक्रम विकास केन्द्र भक्तपुरलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेपालमाला
