काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।
मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४८ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ।
यस्तै आइतबार ६३७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निको हुने दर ९७ दशमलव २ प्रतिशत पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। आइतबार मात्र कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार अहिले ३६७ जना क्वारेन्टिन र ५ हजार ४८७ जना आइसोलेसनमा छन्। यस्तै, उपत्यकामा आइतबार १ सय ९७ जना संक्रमित भेटिएका छन्। जसमध्ये ८७ जना महिला र १ सय १० जना पुरुष छन्।

नेपालमाला
