काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंमा १७९ ललितपुरमा ३३ र भक्तपुरमा २६ जना गरी थप २३८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५८८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ।
यस्तै आइतबार १ हजार ९७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ। आइतबार मात्र कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ।
हालसम्म देशभर ८ हजार ३२० जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म कुल १८ लाख ७० हजार ८३० पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

नेपालमाला
