काठमाडौं : नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले बुधबार तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता तथा कार्यकर्तामाथि भएको प्रहरी दमन, दुव्र्यवहार तथा गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ ।
तरुण दलले नेता पौडेलको गिरफ्तारीका विरुद्ध जिल्लाहरुमा विरोध कार्यक्रम आयोजना गर्न जिल्ला समितिहरुलाई परिपत्र गर्दै निर्देशन पनि दिएको छ ।
तरुण दलका अध्यक्ष जितजङ बस्नेतले काँग्रेस जस्तो प्रमुख एवं जिम्मेवार पार्टीको शीर्ष नेतालाई नियन्त्रणमा लिन निर्देशन गर्ने सरकारको निरङ्कुश एवं अनैतिक कार्य अत्यन्त निन्दनीय एवं खेदजनक भएको बताए ।
सरकारको यस किसिमको अधिनायकवादी कदमको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । साथै सरकारलाई यस्ता गैरजिम्मेवार र अलोकतान्त्रिक कार्यहरु नगर्न र नगराउन चेतावनी दिन चाहान्छ परिपत्रमा भनिएको छ ।


नेपालमाला
