काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८३५ सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८५ पुरुष र ३५० महिला गरेर बुधबार ८३५ जना संक्रमित थपिएका हुन् ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
अहिले काठमाडौं, ललितपुर भक्तपुर, कास्की जिल्लामा मात्र पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार ९ हजार २१० जनाको पीसीआर गर्दा पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ।
देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन्। होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् ।
आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।

नेपालमाला
