काठमाडौं : काठमाडौं उपत्यकामा थप एक हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप एक हजार ८ सय ७८ मा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका एक हजार ५ सय ७०, भक्तपुरका एक सय १९ र ललितपुरका एक सय ८९ जना छन्।
त्यस्तै, नेपालभर बुधबार ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।
२४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

नेपालमाला
