आबुधावी : इन्डियन प्रिमियर लिगमा किंग्स ११ पञ्जाव लिग चरणमा नै रोकिएको छ । चेन्नेई सुपर सिक्ससँग नौ विकेटले पराजित भएपछि पञ्जावको शिर्ष चारमा पुग्ने सपना अधुरो बनेको छ ।
आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनायो ।
पञ्जावका लागि लोकेश राहुलले २९ रन बनाए भने मायांक अग्रवालले २६ रनको योगदान गरे ।
यस्तै क्रिस गेल १२ रनमा आउट हुँदा निकोलस पुरन मात्र दुई रनमा पेभलियन फकिृए । यस्तै मन्दिप सिंहले १४ रनको योगदान गरे ।
उसका लागि दिपक हुँडाले अर्धशतकीय पारी खेले । जसमा उनले अविजित ६२ रन बनाए ।
बलिङमा लुङ्गि नेगिडीले तीन विकेट लिए ।
जवाफमा प्रतियोगिताबाट यसअघि नै बाहिरीसकेको चेन्नेईले १८ ओभर ५ बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटकालागि ८२ रनको साझेदारी गरेको थियो । उसका ओपनर फाफ डुप्लिसिस ४८ रनमा आउट भए ।
त्यसपछि रुतराज गाइकवाड र अम्बाती राइडुले टिमलाई जित दिलाए । यसमा रुतराजले अविजित ६२ रन बनाए भने राइडुले ३० रनको योगदान गरे ।
यो जितपछि चेन्नेईले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । यता पछिल्ला दुई खेलमा लगातार पराजित भएपछि पञ्जावको शिर्ष चारको यात्रा अधुरो बन्यो ।

नेपालमाला
