सारजाह : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रोचक मोडमा पुगेको छ । शनिबार भएका खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेग्लोरले पराजय भोगेपछि आईपीएल रोचक मोडमा पुगेको हो । अहिलेसम्म साविक विजेता मुम्बई इन्डियन्स मात्र प्लेअफमा पुगेको छ । तालिकाको शीर्ष स्थानमा रहेको मुमबईको १८ अंक छ ।
यसैगरी दोस्रो स्थानमा रहेको बेग्लोर, तेस्रो स्थानमा रहेको दिल्लीको १४ अंक छ । अब सबै टोलीले अन्तिम खेल खेल्न बाँकी रहँदा सनराइजर्स हैदरावाद, किङ्स इलावेन पञ्जाव, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ । प्लेअफ दौडबाट बाहिरिसकेको चेन्नई सुपर किङ्सको १० अंक छ । आईपीएलअन्तर्गत आइतबार दुई खेल हुनेछ । जहाँ चेन्नई र पञ्जाव एवं कोलकाता र राजस्थान भिड्दै छन् । प्लेअफ सम्भावना कायम राख्न पञ्जाव र राजस्थानलाई जित्नै पर्ने हुन्छ । पराजित हुने टोली प्लेअफको दौडबाट बाहिरिने छ । यसैगरी सोमबार बेंग्लोर र दिल्ली तथा मंगलबार समूह चरणको अन्तिम खेलमा मुम्बई र हैदरावादले प्रतिस्पर्धा गर्दै छन् । यो खेलमा पनि १४ अंक बनाएका दिल्ली र बेग्लोरलाई पनि जित्नै पर्ने बाध्यता हुनेछ । यी दुई टिम पराजित भएमा तथा पञ्जाव, कोलकाता र राजस्थानमध्ये रन रेट राम्रो हुने तीन टोलीले प्लेअफमा स्थान बनाउने छन् । पहिलो प्लेअफको खेल बिहीबार दुबई र इलिमिनेटर खेल शुक्रबार आबुधावीमा हुनेछ ।
आईपीएलअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सनराजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि सहज जित निकालेको थियो। सारजाह क्रिकेट रंगशालमा भएको खेलमा हैदराबादले बैंग्लोरमाथि ५ विकेटको जित निकालेको हो।
टस जितेर हैदराबादले बैंगलोरलाई ब्याटिङका लागि निम्ता दिएको थियो। बैंगलोर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रनको झिनो योगफल तयार पा¥यो।
जवाफमा हैदराबादले १४।१ ओभरमा ५ विकेट गुमाउँदै १२१ रनको लक्ष्य भेट्टायो। हैदराबादका लागि ओपनर ऋद्धिमान साहले ३९ रन बनाए। त्यस्तै मनिष पान्डेर ज्यासोन होल्डरले समान २६र२६ रनको योगदान गरे। बैंगलोरका युजभेन्द्र चाहलले २ तथा वासिङ्टन सुन्दरले १ विकेट लिए। त्यस्तै नभदिप सैनी र इसुरु उदानाले समान १र१ विकेट झारे।
यसअघि ब्याटिङ गरेको बैंगलोरका जोश फिलिपले ३२ रन बनाए। त्यस्तै एबी डिभिलियर्सले २४ रन जोडे भने वासिङ्टन सुन्दरले २१ रन हिर्काए। बैंगलोरलाई सस्तैमा समेट्न हैदराबादका सन्दीप शर्मा र ज्यासोन होल्डरले समान २र२ विकेट लिए। त्यस्तै टी नटराजन र रसिद खानको नाममा १र१ विकेट रह्यो।
हैदराबादको जितले उसलाई प्ले अफ पुग्ने आशा जगाएको छ भने बैंगलोरको सम्भावना जिवितै रहेको छ। अहिलेसम्म सबै टिमले आफ्ना १३ खेल खेलिसकेका छन्। अब सबैले एक खेल खेल्न बाँकी छ। यस्तोमा बैंगलोरको १४ अंक रहेको छ। त्यस्तै दिल्ली क्यापिटल्सको पनि १४ अंक नै रहेको छ। यदि यी दुई टिमले बाँकी खेलमा हार व्यहोरे नेट रनरेटको आधारमा यिनको प्ले अफ यात्रा तय हुनेछ। मुम्बई इन्डियन्सले भने स्पष्ट नतिजा निकाल्दै यसअघि नै प्ले अफमा स्थान सुनिश्चित गरिसकेको छ।
यसैगरी १२ अंक बटुलेर प्ले अफमा स्थान बनाउन आशामा रहेका चार टिम रहेका छन्। यी टिममध्ये आजको खेलले एक टिमको आशा निश्चित रूपमा रहिरहने छ भने दुई टिम बाहिरिन सक्नेछन्। तर किंस ११ पञ्जाबले चेन्नई सुपर किंसलाई पराजित गरेको खण्डमा दुई टिमको प्ले अफ पुग्ने सम्भावना जिवितै हुनेछ। अर्को खेल समान १२ अंक रहेका कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच हुनेछ।

नेपालमाला
