काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ७८१ महिला र ११०७ पुरुष गरी १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार चार हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ । २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।


नेपालमाला
