काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ९७ महिलासहित २५२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै मन्त्रालयका अनुसार उपत्यकामा हालसम्म ३१४ जनाको मृत्यु भएको छ भने २० हजार ५८६ सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा २००,भक्तपुरमा५८ र ललितपुरमा ५६ जनाको कोरोनाबाट मृत्यु भएको हो।
यस्तै काठमाडौंमा १६ हजार ९५६, भक्तपुरमा ११ सय ९४ र ललितपुरमा २४ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। उपत्यकामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या पनि वृद्धि भइरहेको छ। मंगलबारसम्म काठमाडौंमा १० हजार ५०१, भक्तपुरमा १७ सय १९ र ललितपुरमा२३ सय ६२ गरी १४ हजार ५८२ जना होम आइसोलेसनमा छन्।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। पछिल्लो २४ घण्टामा ५७० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४० हजार ६८१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४० हजार ६८१ जना छन् भने क्वारेन्टाइनमा २९ सय ३२ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २७ सय २५ नमूनाको पीसीआर परीक्षण भएको छ। मंगलबार ३१ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ।
आइसीयूमा २८१ जनाको र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८७६ जनाको मृत्यु भएको छ। मंगलबार मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


नेपालमाला
